
काठमाडौं ।
इलेक्ट्रिक सवारी उत्पादक ओला इलेक्ट्रिकले भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटरको सेग्मेन्टमा प्रभुत्व जमाएको छ। प्रिमियम इलेक्ट्रिक स्कुटर (१ लाख भारु एक्स शोरुम) मूल्यमा ओलाको बजार हिस्सा ९२ प्रतिशत पुगेको इकोनोमी टाइम्सले उल्लेख गरेको छ।
सन् २०२१ मा ओलाले इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दा कम्पनीको बजार हिस्सा ३६ प्रतिशत थियो। बजारमा आएको करिब २ वर्षभन्दा कम समयमा ओलाले आफ्नो बजार सेयर ९२ प्रतिशत पुर्याएको छ।
ओलाले नोभेम्बर २० हजार यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
‘आईसीई युगको अन्त्य अब एक वास्तविकता हो। प्रिमियम स्कुटर सेग्मेन्टमा ईभीको पूर्ण प्रभुत्वले देखाउँछ कि ग्राहकहरूले आज पनि आईसीई गाडीलाई विचार गर्नुको एकमात्र कारण विश्वस्तरीय ईभी विकल्पहरूको अभाव हो,’ ओलाका सीईओ भाविस अग्रवालले प्रेस विज्ञप्तिमा भने।
‘हामी धेरै सेग्मेन्ट र मूल्य विन्दुरुहमा उत्पादनहरु आक्रामक रुपमा निर्माण र विस्तार जारी राख्ने छौं। सन् २०२५ सम्म भारतीय २ ह्वीलर उद्योगलाई शतप्रतिशत ईभीमा रुपान्तरण गर्ने अभियानमा छौं,’ उनले थपे।
ओला इलेक्ट्रिकले सोमबार भारतका ११ शहरमा १४ नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको छ।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार