
काठमाडौं ।
स्वीडेनको ट्रक निर्माता स्क्यानिया ड्राइभररहित ट्रक निर्माण गर्ने यूरोपको पहिलो कमर्शियल अटोमोबाइल कम्पनी बनेको छ। यो ट्रकले एक स्थानबाट अर्को स्थानमा ड्राइभरको सहायता बिना सामान पुर्याउन सक्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
यो ट्रक पाइलेट परियोजना अन्तर्गत स्वीडेनको दक्षिणमा सोदर्टालजे र जोंकोपिंगको बीच करिब ३०० किलोमिटर यात्रा गरेर फास्ट फूड सप्लाई गरेको छ।
हेर्दा सामान्य ट्रक जस्तो देखिने यसमा क्यामरा र बग एन्टिना जस्तै देखिने दुई सेन्सर छ। यस ट्रकको कन्ट्रोलिङ इन्जिनियर गोरान फजलिडले गरेका छन्। उनी सेफ्टी ड्राइभरको छेउमा प्यासेन्जर सिटमा बस्छन्। उनी ल्यापटबाट ट्रकमा जडान गरिएको क्यामराबाट प्राप्त हुने भिडियोबाट कन्ट्रोल गर्छन्।
अर्को स्क्रीनमा सडक र आसपासका सबै सवारीको थ्रीडी भिज्यूअलाइजेन देखिन्छ। ट्रकले एक जीपीएस सिस्टमका साथ विभिन्न सेन्सरबाट सबै इनपुट संकलन गर्छ। जसमध्ये धेरै टेक्नोलोजी अर्को व्यक्तिका लागि ब्याकअपको रुपमा काम गर्छ।
यदि सडकको मार्किङ मेटिएको छ भने यस्तोमा जीपीएसको प्रयोग हुन्छ। जीपीएसले ट्रकलाई पूर्ण रुपमा आफ्नो लेनमा हिड्न मद्दत गर्छ। यो सन् २०३० सम्म बिक्रीका लागि उपलब्ध हुने विश्वास गरिएको छ।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार