सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टहरुसंग छुटको व्यवस्था

  • Technology Khabar | १५ मंसिर २०७९, बिहीबार
सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टहरुसंग छुटको व्यवस्था

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक प्रा.लि., द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक प्रा.लि., यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रा.लि., तुसाल मल्टि भेन्यू प्रा.लि., अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रा.लि., भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसंग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार