
काठमाडौं ।
भारतको केन्द्र सरकारको जल शक्ति मन्त्रालयको ट्विटर एकाउन्ट ह्याक भएको छ। अमर उजालाका अनुसार बिहीबार बिहान मन्त्रालयको ट्विटर एकाउन्ट ह्याक भएको छ।
सेक्योरिटी एजेन्सी र साइबर एक्सपर्टहरु ट्विटर एकाउन्ट ह्याक भएको सम्बन्धमा जाँच गरिरहेका छन्।
एक हप्ता अघि दिल्लीको एम्स हस्पिटलको सर्भरमा पनि साइबर हमला भएको थियो। ह्याकरहरुले हस्पिटलसँग क्रिप्टोकरेन्सीमा २०० करोड भारु माग गरेका थिए। तर प्रहरीले फिरौती रकम माग गरिएको विषय अस्वीकार गरेका छन्।
हस्पिटलको सर्भर प्रभावित हुँदा धेरै काम म्यानुअली गरिएको थियो।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार