
काठमाडौं ।
नेपालका लागि सुपर शोको आधिकारिक बिक्रेता डी लाइफ स्टाइलले एक्सचेञ्ज अफर सञ्चालन गरेको छ। कम्पनीले डिसेम्बर १ देखि १६ सम्म ‘सुपर शोको एक्सचेञ्ज अफर’ सञ्चालन गर्ने भएको हो।
यस योजनामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कुटर सुपर शोकोसँग एक्सचेञ्ज गर्दा बजारको मूल्य भन्दा अधिकतम २० हजार रुपैयाँ पाउनेछन्।
साथै मासिक ३ हजार ९५८ रुपैयाँ मासिक इएमआई मार्फत् नयाँ इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन्।
यसका अतिरिक्त कम्पनीले आफ्नो इलेक्ट्रिक सवारीमा ८ वर्ष वाट १५ सय साइकलको ब्याट्री लाइफ वारेन्टी, मोटरमा २ वर्षको वारेन्टी, ब्याट्रीमा ३ वर्षको वारेन्टी पनि दिइरहेको छ।
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार