सामसङ ग्यालेक्सी एम०४ गुगल प्ले कन्सोलमा देखियो

  • Technology Khabar | १५ मंसिर २०७९, बिहीबार
सामसङ ग्यालेक्सी एम०४ गुगल प्ले कन्सोलमा देखियो

काठमाडौं ।

सामसङले अगष्टमा ग्यालेक्सी ए०४ सार्वजनिक गरेको थियो र त्यसलाई पछ्याउँदै अक्टोबरमा ग्यालेक्सी ए०४ई सार्वजनिक गरिएको थियो। अब फेरिक कम्पनीले आफ्नो रोस्टरमा तेस्रो मोडल थप्न गइरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

ए०४ र ए०४ईसँग मिल्दो स्पेक्स भएको ग्यालेक्सी एम०४ डिभाइस गुगल प्ले कन्सोलमा देखिएको हो। घोषणा नगरिएको एम सिरिज स्मार्टफोनमा हेलियो जी३५ चीपसेट प्रयोग गरिनेछ।

स्मार्टफोनको छेउमा फिंगरप्रिन्ट स्क्यानर, भोल्युम बटमको ठीक तल, अगाडि वाटरड्रप नच र चारैतिर एकदम मोटो बेजलहरु छन्। फोनको तल्लो भागमा ३.५ एमएम अडियो ज्याक, यूएसबी पोर्ट र स्पिकर ग्रिल छ।

सूची अनुसार फोनमा ७२० पिक्सल रिज्योलूसनको स्क्रिन, ३ जीबी र्याम र एन्ड्रोइड १२ अपरेटिङ सिस्टम हुनेछ। विगत ४ महिना देखि एम०४ स्मार्टफोन चर्चामा रहेको छ। निकट भविष्यमा स्मार्टफोन सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...