
काठमाडौं ।
इलेक्ट्रिक सवारी निर्माता एको तेजसले भारतमा मेक इन इन्डिया अभियान अन्तर्गत इलेक्ट्रिक बाइक सार्वजनिक गेर्न भएको हो। कम्पनीले अहिले ई-डायरोथ इलेक्ट्रिक बाइक पेश गरेको छ। यो एक हाई स्पीड क्रूजर इलेक्ट्रिक मोटरसाइकल भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले आफ्नो हाई स्पीड इलेक्ट्रिक क्रूजर मोटरसाइकल डिसेम्बर २०२२ मा सार्वजनिक गर्नेछ। कम्पनीले मेड इन इन्डिया ई मोटरसाइकल हार्ले डेभिडसन अनुसार डिजाइन गरेको छ।
मोटरसाइकलमा स्मार्ट ब्याट्री, कन्ट्रोलर र इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। यसका साथै मोटरसाइकलमा धेरै स्मार्ट फिचरका साथै उत्कृष्ट ड्राइभिङ अनुभव पाउन सकिने कम्पनीको दाबी छ। साथै स्मार्टफोन फोनलाई मोटरसाइकलसँग कनेक्ट गर्नका लागि ब्लूटूथ कनेक्टिभिटी फिचर पनि दिइएको छ। यस्तै ड्यासबोर्डमा टर्न बाय टर्न नेभिगेसन र नोटिफिकेसन फिचर पनि दिइएको छ।
एको तेजसका अनुसार मोटरसाइकलले फुल चार्जमा १५० किलोमिटरको रेञ्ज प्रदान गर्नेछ। मोटरसाइकलमा रिमूभएबल ७२ भोल्ट/६० एएचको लिथियम आयन ब्याट्री दिइएको छ। यसको टप स्पीड १०० किलोमिटर प्रति घण्टा छ।
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार