
काठमाडौं ।
सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरु घोषणा गरेको छ।
गत असोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म शुरु भएको उक्त क्याम्पेनका विजेताहरुलाई यहि मंसिर ११ गते पुरस्कार प्रदान गरिएको हो। जसअन्तर्गत बुटवलकि सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्ण बहादुर मल्ल(अलिशा मोबाइल सेन्टर) ले ७ केजिको वाशिङ मेसिन जित्न सफल भए। त्यस्तै सामाखुशीका सुजन बस्नेतले (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४जी (८/१२८जिबि) जित्न सफल भएका हुन्।
रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सी३० (२३२ जीबी) लगायतका उपहारहरु पनि समावेश थिए।
पुरस्कार विजेताहरुलाई बधाई दिँदै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीले भने, “यस रियलमी उत्सवको बहार हरेक दिनउपहारमा सहभागि भएका सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई धन्यवाद र बम्पर पुरस्कार जित्न सफल सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु। हामी सँधै हाम्रा उपभोक्ताहरुको लागि सुपथ मुल्यमा र सहि समयमा नवीनतम प्रविधीहरु प्रदान गर्न तत्पर छौँ ।”
रियलमीले नवीनतम प्रविधीयुक्त फोनहरु सर्वसुलभ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ। नेपालीहरुको महान चाड विजयादशमी, दिपावलि तथा छठको उपलक्ष्यमा रियलमीले आफ्ना उपभोक्ताहरुको लागि आकर्षक अफर ल्याएको थियो।
कम्पनीकाअनुसार आफुले खरिद गरेको सेटको मोडल, आइएमइआइ नम्बर, आफ्नो नाम लगायतका विवरणहरु रियलमीको वेबसाइटमा दर्ता गरेका उपभोक्ताहरुलाई यस अफरमा सहभागी गराइएको थियो।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार