पत्रकार किशोर नेपालको सामाजिक सञ्जाल र एनसेल नम्बर बन्द गरिएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

  • Technology Khabar | १४ मंसिर २०७९, बुधबार
पत्रकार किशोर नेपालको सामाजिक सञ्जाल र एनसेल नम्बर बन्द गरिएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं ।

वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्जाल र एनसेलको मोबाइल नम्बर बन्द गरिएको छ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उनले चलाउने फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको छ।

यसबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष हो।

विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो।

महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पु¥याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ।

press_1669792664

प्रकाशित: १४ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार