चर्चित भिडियो गेम ‘पोङ’को ५० वर्ष पुरा

  • Technology Khabar | १४ मंसिर २०७९, बुधबार
चर्चित भिडियो गेम ‘पोङ’को ५० वर्ष पुरा

काठमाडौं ।

चर्चित भिडियो गेम ‘पोङ’ ५० वर्षको भएको छ। पोङ टेबल टेनिस आर्कड गेम हो। अटारीले पहिलो पटक सन् १९७२ मा पोङ गेम ल्याएको इनग्याजेडले उल्लेख गरेको छ। भिडियो गेमका लागि भनेर पोङको डिजाइन गरिएको थिएन।

अटारीका सह संस्थापक नोलन बुशनेलले एलन अल्कोर्नलाई प्रशिक्षण अभ्यासका रुपमा पोङ निर्माण गर्न दिइएका थिए।

पोङ निर्माण वर्ष अटारले ८ हजार भन्दा बढी पोङ आर्कड क्यबिनेट बिक्री गरेको थियो।

त्यसको केही वर्षपछि होम भर्सन पोङको निकै चर्चित बन्यो। तत्कालिन समयमा गेम खेल्न आवश्यक पोङ कन्सोल करिब १ लाख ५० यूनिट बिक्री भयो।

हालको भिडियो गेमको व्यापारसँग तुलना गर्ने यो भने यो सामन्य बिक्री हो। तर तत्कालिन समयमा यसलाई ठूलो उपब्धिको रुपमा हेरिएको थियो। पोङ र होम पोङको सफलताले अटारीलाई अटारी २६०० सिर्जना गर्न आवश्यकत स्रोत र विशेषज्ञता दियो।

दोस्रा पुस्ताको कन्सोलेन्स २००४ सम्म ३० मिलियन यूनिटभन्दा धेरै बिक्री भयो।

पोङ विश्वको पहिलो भिडियो गेम भने हैन। तर भिडियो गेमको बजारलाई अहिलेको उचाईमा ल्याउन पोङको योग्दानलाई महत्पूर्ण रुपमा लिइने गरिन्छ।

प्रकाशित: १४ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार