काठमाडौं ।
गुगलले पिक्सेल स्मार्टफोनको गलत विज्ञापन गरेको आरोप लागेको छ।पिक्सेल फोनको बारेमा नक्कली रेडियो अनुभवसहितको विज्ञापन दिएकोमा गुगलका साथसाथै, आईहर्ट मिडियालाई ९० लाख डलर भन्दा बढी जरिवाना गरिएको हो।
अमेरिकी संघीय व्यापार आयोग र संयुक्त राज्य अमेरिकाका राज्य महान्यायाधिवक्ताले २०१९ र २०२० मा गुगलको पिक्सेल ४ फोनको साथ आफ्नो अनुभवलाई बढावा दिने रेडियो व्यक्तित्वहरूले लगभग २९ हजार भ्रामक अनुमोदनहरू प्रसारण गरेकोमा गुगल र आईहर्ट मिडिया विरुद्ध मुद्दा चलाउने घोषणा गरेका छन्।
राज्यहरूले कम्पनीहरूबाट ९४ लाख डलर अमेरिकी डलर जरिवानाका साथै गलत बयानको अन्त्य गर्न खोजिरहेका छन्।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार