गाडी चलाउँदै टिकटक लाईभ गर्ने चालक ट्राफिक प्रहरीको कारबाहीमा

  • Technology Khabar | १३ मंसिर २०७९, मंगलवार
गाडी चलाउँदै टिकटक लाईभ गर्ने चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं ।

गाडी चलाउँदै टिकटक बनाउने एकजना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बागमती प्रदेश ००६ ख ३१७६ नम्बरको ट्रक ड्राइभर टिकटकमा लाईभ गर्दै गाडी चलाएको आरोपमा कारबाहीमा परेका हुन्।

एक ट्विटर प्रयोगकर्ताले उक्त नम्बरको ट्रक ड्राइभरले टिकटकमा लाईभ गर्दै गाडी चलाईरहेको भनेर ट्वीटमार्फत नेपाल प्रहरी हेडक्वाटर र काठमाडौं उपत्यका ट्राफिकलाई जानकारी गराएका थिए।

उक्त सवारी चालक मनोजकुमार श्रेष्ठलाई मंगलबार कारबाही गरिएसँगै एक घण्टाको सचेतना कक्षा समेत गराएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले ट्विटर मार्फत जानकारी दिएको छ।

https://twitter.com/being_nrb/status/1597043425140183040

यसअघि देखिनै ट्राफिक प्रहरीले गाडी चालकहरुलाई सवारी साधन चलाईरहेको बेलामा मोबाइल फोन नचलाउन अनुरोध गर्दै आएको छ।

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार