काठमाडौं ।
टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूब नेपालको सडकमा परीक्षणको क्रममा देखिएको छ। नेपालका लागि टीभीएसको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आईक्यूबको सडक परीक्षण गरेको हो।
कम्पनीले काठमाडौंका सडकमा स्कुटर परीक्षण गरेको देखिएको हो। आईक्यूब २०२० जनवरीमा भारतमा सार्वजनिक भएको थियो। भारतमा सार्वजनिक भएको दुई वर्ष पुरा हुन लाग्दा पनि बहुप्रतिक्षित आईक्यूब नेपालमा भने हालसम्म सार्वजनिक हुन सकेको छैन।
स्थानीय बजारमा नै भारतीय ग्राहकको मागअनुसार कम्पनीले आईक्यूब उत्पादन गर्न नसक्दा नेपालमा बिक्रीका लागि उपलब्ध गराउन ढिलाई भएको बुझिएको छ।
कम्पनीले नेपालमा लामो समयअघिदेखि नै इलेक्ट्रिक स्कुटरको परीक्षण गरिरहेको सो बारेमा जानकार स्रोतले बताएको छ।
टीभीएस आईक्यूब भारतमा तीन भर्सन आईक्यूब, आईक्यूब एस र आईक्यूब एसटीमा उपलब्ध गराउँदै आएको छ। नेपालमा पनि तीन ओटै भर्सन बिक्रीका उपलब्ध गराइने बताईएको छ।
तर जगदम्बा मोटर्सको तर्फबाट आईक्यूब नेपालमा कहिलेदेखि बिक्री शुरु गरिने भन्ने जानकारी दिइएको छैन।
इलेक्ट्रिक स्कुटर ११ रंग र तीन चार्जिङ विकल्पमा उपलब्ध छ।
आईक्यूबको मूल्य भारतीय बजारमा ९९ हजार १३० भारु र आईक्यूब एसको मूल्य १ लाख ४ हजार १२३ भारु (अन रोड, दिल्ली एनसीआर, फेम टु र राज्य सब्सिडी सहित) तोकिएको छ।
यस भेरियन्टमा ३.४ किलोवाटको ब्याट्री दिइएको छ भने फुल चार्जमा १०० किलोमिटर रेन्ज प्रदान गर्छ। इलेक्ट्रिक स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, एचएमआई कन्ट्रोल र रिभर्स पार्किङ लगायत फिचर छ।
टीभीएस आईक्यूब एसटी टीभीएस टप भेरियन्ट हो। जसमा ५.१ किलोवाटको ब्याट्री छ। जसले फुल चार्जमा १४० किलोमिटर रेन्ज प्रदान गर्छ।
नेपालमा भने आईक्यूब एसटीको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन।
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार