सामसङ ग्यालेक्सी ए१४ फाइभजीको तस्बिर सार्वजनीक

  • Technology Khabar | १३ मंसिर २०७९, मंगलवार
सामसङ ग्यालेक्सी ए१४ फाइभजीको तस्बिर सार्वजनीक

काठमाडौं ।

सामसङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी ए१४ फाइभजी सार्वजनिक गर्ने तयारी गरेको छ। ग्लोक्सी ए१४ फाइभजी २ एसओसी भर्जनमा आउने चर्चा छ। एउटा भर्जनमा नयाँ मिड रेन्जको एक्सनोज १३०० चिप र अर्कोमा इन्ट्रि लेबलको डाइमेनसिटी ७०० चिपसेट रहने गिज्मोचाइनाले उल्लेख गरेको छ।

सार्वजनिक अघि सामसङ ग्यालेक्सी ए१४ फाइभजी स्मार्टफोनको तस्बिर लीकर इभान ब्लासले सार्वजनीक गरेका छन्।

हालै लीक भएको सामसङ ग्यालेक्सी ए१४ फाइभजीको डिजाइन र पहिले लीक भएको सोहि फोनको डिजाइन एउटै रहेको बताइएको छ।

फोनको पछाडिको भागमा एलइडी फ्ल्यास र ट्रिपल क्यामेरा छ। मुख्य क्यामरा ५० मेगापिक्सल र सेल्फी र भिडियो कलका लागि फ्रन्टमा १३ मेगापिक्सलको क्यामरा दिइएको छ। कर्भ एज भएको फोनको दायाँ भागमा भोलुम बटन, पावर बटनको साथै फिंगर सेन्सर उपलबध रहने व्यहोरा उल्लेख गरिएको छ। यसैगरी फोनमा ६.८ को फुल एचडी डिस्प्ले र ५००० एमएएच को ब्याट्रि हुने भनी बताइएको छ।

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...