
काठमाडौं ।
बीएमडब्ल्यूले इलेक्ट्रिक गाडीका लागि जेन ६ ब्याट्री निर्माण गर्न भएको छ। बीएमडब्ल्यूले जेन ६ ब्याट्री उत्पादन गर्न हंगेरीको डेब्रेसनेमा नयाँ एसेम्बली प्लान्ट स्थापना गर्ने भएको अटोकारले उल्लेख गरेको छ।
जेन६ ब्याट्री एसेम्बली फर्म न्यु क्लास प्लेटफर्म बीएमडब्ल्यूको नेक्स्ट जेनरेसन राउन्ड ब्याट्री सेल उत्पादन गर्न केन्द्रित हुने बीएमडब्ल्यूका बोर्ड सदस्य मिलन नेडेल्जकोविचले भने।
‘डेब्रेसेनमा हामी संसारको सबैभन्दा उन्नत प्लान्ट निर्माण गर्दैछौं। आईफ्याक्टीबाट हामी सवारी उत्पादनको लागि नयाँ उद्योग मापदण्डहरु सेट गर्दैछौं। हाम्रो लगानीले ई मोबिलिटी लागू गर्न हाम्रो व्यवस्थित दृष्टिकोणलाई रेखांकित गर्दछ,’ उनले भने।
न्यु क्लास प्लेटफर्ममा आधारित हुने योजना गरिएको पहिलो मोडल एक इलेक्ट्रिक सैलुन हो। २०२५ मा उत्पादनमा प्रवेश गर्दा बीएमडब्ल्यू आई३ नामलाई पुनर्जीवित गर्नेछ।
यसको विकास आजको बीएमडब्ल्यू आईएक्स३ एसयूभीको उत्तराधिकारीसँगै जोडिएको छ। यो हंगेरियन साइटमा उत्पादन गर्ने तयारी गरिएको छ।
डेब्रेसेन प्लान्टले सञ्चालनको पहिलो पूर्ण वर्षमा १५ लाख युनिटसम्म प्रारम्भिक उत्पादन क्षमता रहेको बताइएको छ।
नयाँ ब्याट्री एसेम्बली प्लान्ट २ बिलियन यूरो लगानीको बीएमएडब्ल्यू १४०,००० एम२ प्लान्टका लागि छुट्याएको हिस्साको हो। यसको निर्माण २०२२ देखि शुरु भएको छ।
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार