
काठमाडौं ।
अमेरिकी फर्म कार्लाइन ग्रुपले युरोपेली टेक्नोलोजीमा लगानी गर्न प्यान युरोपियन टेक्नोलोजी कोषका लागि ३.१२ बिलियन अमेरिकी डलर भन्दा बढी रकम संकलन गरेको छ।
३.१२ बिलियन अमेरिकी डलर संकलन गरिएको कार्लाइल युरोप टेक्नोलोजी सह–प्रमुख साझेदारहरुले बताएको रोयटर्सले जनाएको छ।
युरोपभरिका तल्लो मध्य बजार र बढ्दो प्रविधि कम्पनीहरुमा ध्यान केन्द्रित गर्दै सीईटीपी भी भनिने कोषले २.५ बिलियन अमेरिकी डलरको लक्ष्य पार गरेको हो। यस अघिको सीईटीपी कोषको भन्दा दोबर रकम संकलन गरेको हो।
पाँच वर्षमा लगानी उठाउने योजनासहित कम्पनीले साइबर सुरक्षा, डिजिटल रुपान्तरण, क्लिनटेक, वित्तीय सेवा, स्वास्थ्य सेवा र पूर्वाधारका लागि सफ्टवेयर एप्लिकेसन तयार गरिने माइकल भान्ड र भ्लादिमिटर लासोकीले भने।
लासोकीका अनुसार युक्रेन युद्ध र महामारी संकट पछि सार्वजनिक बजारमा टेक्नोलोजी मूल्याङ्कनमा गिरावट र प्रविधि बिक्री घट्नुका बाबजुद पनि कम प्रभावित निजी बजारहरूमा अवसरहरू छन्।
कार्लाइलले नयाँ कोष मार्फत लगभग २० देखि ३० कम्पनीमा लगानी गर्ने योजना बनाएको छ। कर्लाइलले ती कम्पनीहरुको बहुमत सेयर खरिद गर्ने लक्ष्य राखेको छ।
वान्ड र लासोकीले ग्रथ इक्विटी ट्रान्सेक्सनको लागि कोषले करिब १५ प्रतिशत रिजर्भ राख्ने बताए।
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार