
काठमाडौं ।
सनवे कलेजले यो वर्ष पनि हल्ट प्राइज प्रतियोगिता आयोजना गर्ने भएको छ। कलेजले यो कार्यक्रम आयोजना गर्न लागेको यो तेस्रोपटक हो।
कलेजले आवेदकहरुमध्येबाट एक विद्यार्थीलाई हल्ट पुरस्कारको प्रतिनिधिको रुपमा छनोट गर्नेछ। यस वर्ष सनवे कलेजले कार्यक्रमको नेतृत्व गर्न सनवेका विद्यार्थी उदितकुमार महतोलाई क्याम्पस निर्देशक नियुक्त गरेको छ । महतोले आयोजक समिति छनोट, योजना सत्र र मेन्टरशिप, मिडियासँग साझेदारीलगायतका काम गर्नेछन्।
त्यसपछि विद्यार्थीहरुको विचार प्रस्तुत गर्नका लागि आयोजक समितिले समूह दर्ता गर्नेछ। ती समूहलाई विभिन्न सत्रहरू, कार्यशालाहरू र तालिममा सहभागी गराइनेछ। अन्तिममा निर्णायकले दिएको अंकका आधारमा अन क्याम्पस कार्यक्रमको विजेता घोषणा गरिनेछ। यसरी घोषित भएका विद्यार्थी क्षेत्रीय अर्थात् सेमीफाइनल प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्।
हल्ट पुरस्कार एक प्रतियोगिता हो। यसमा १२० देशमा १ लाख विद्यार्थीहरुलाई संयुक्त राष्ट्र दिगो विकासका लक्ष्य प्राप्तीका वार्षिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रभावकारी स्टार्टअपहरू सिर्जना गर्र्न लगाइन्छ।
फाइनलमा पुगेका विद्यार्थीहरुले विभिन्न चरणहरू (क्वालिफायर, क्वार्टरफाइनल, सेमिफाइनल, ग्लोबल एक्सेलरेटर र ग्लोबल फाइनलहरू) मार्फत आफ्नो स्टार्टअपलाई निर्णायकसामु पेश गर्छन्। निर्णायकले एउटा समूहलाई विजेता घोषणा गर्छन् र उक्त विजेता समूहले १० लाख अमेरिकी डलर कोष प्राप्त गर्छ।
प्रकाशित: १२ मंसिर २०७९, सोमबार