
काठमाडौं ।
ई–कमर्स प्लेटफर्म बिजबजारले ‘साइबर मण्डे’ को अवसरमा विभिन्न क्याटेगोरी का सामानमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।
‘साइबर मण्डे’ को अवसरमा विश्व भरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिन्छ।
बिजबजारले सो अवसरमा कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल र अक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ।
कम्पनीले असुस, एमएसआई, गीगाबाइट, एक्सल्याब, क्यानन, ब्रदर, सामसङ, एलजी, सीजी, रियलमी, शाओमी जस्ता विशेष गरी युवा वर्गमा लोकप्रिय ब्रान्ड हरूमा छुट ल्याउने भएको उल्लेख गरेको छ।
प्रकाशित: १२ मंसिर २०७९, सोमबार