रेडमी के६० सिरिजले १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

  • Technology Khabar | १२ मंसिर २०७९, सोमबार
रेडमी के६० सिरिजले १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं ।

शाओमी फोनहरुले पछिल्ला केहि दिनहरुमा चिनियाँ ३सी क्वालिटी सर्टिफिकेसन पास गरेको बताइएको छ। दुई ओटा फोनहरु, मोडल नम्बर २२१२२ आरके९३सी र २२१२७ आरके४६सीे थ्रीसी डाटाबेसमा देखा परेको छ।

त्यसमध्ये मोडल नम्बर २२१२२ आरके९३सी फोनले ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ। उक्त फोन हाई-ईन्ड मोडल अन्तरगतको रेडमी के ६० सिरिेजको भएको रिपोर्टरहरुको दबी रहेको छ।

त्यसैगरी २२१०१३२०सी मोडल नम्बर रहेको अझै एउटा फोन पनि थ्रीसी डाटाबेसमा देखा परेको थियो। यो डिभाइसको पोको एक्स ५ फाइभजीयुक्त हुन सक्ने अनुमान गरिएको उल्लेख छ।

पछिल्लो रिपोर्टमा रेडमी के ६० को स्ट्यान्डर्ड भर्सन डायमेन्सिटि ८२०० चिपमा उपलब्ध हुने उल्लेख गरिएको छ।

उक्त फोनमा फ्लेक्जिबल स्ट्रेट स्क्रीन र सेन्टर पन्च होल डिस्प्ले प्रयोग गरिने बताइएको छ। ५५०० एमएएच बिल्ट ईन ब्याट्रि सहित ३० वाट वायरलेस चार्जिङ र ६७ वाट वायर सपोर्ट गर्ने उल्लेख छ।

हाई ईन्ड मोडल अन्र्तगतको रेडमी के ६० प्रो ले १२० वाट वायर फास्ट चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सपोर्ट गर्ने बताइएको छ। फोनमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन १ चिप उपलब्ध हुने उल्लेख गरिएको छ।

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार