
काठमाडौं ।
सानिमा बैंकले ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘एप्लाई लोन अप टु फाइभ लाख्स अगेन्स्ट एफडी’ मा क्लिक गरी आवश्यक विवरणहरू भरेपछि मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढीमा ९५ प्रतिशत वा अधिकतम ५ लाख मध्ये जुन कम हुन्छ उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले बताएको छ।
हाल बैंकले रेमिटेन्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिटेन्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरूमा ९.१३३ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको जनाएको छ।
प्रकाशित: ११ मंसिर २०७९, आईतवार