नूबिया गेमिङ फोन रेड म्यजिक ८ प्रोले १६५ वाट चार्जिङ सपोर्ट गर्ने

  • Technology Khabar | ११ मंसिर २०७९, आईतवार
नूबिया गेमिङ फोन रेड म्यजिक ८ प्रोले १६५ वाट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं ।

नूबियाले आफ्नो आगामी स्मार्टफोन नूबिया रेड म्याजिक ८ प्रो बजारमा ल्याउने तयारी गरेको छ। सार्वजनिक पूर्व नूबिया रेड म्याजिक ८ प्रोले थ्रीसी सर्टिफिकेसन प्राप्त गरेको छ।

यसमा फोनको बारेमा धेरै खुलासा नगरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

कम्पनीले यस अघि नै आधिकारिक रुपमा गेमिङ ह्यान्डसेटमा क्वालकमले भर्खर सार्वजनिक गरेको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गर्ने घोषणा गरिसकेको छ।

साथै आगामी रेड म्याजिक गेमिङ फोनले १६५ वाट चार्जिङ सपोर्ट गर्नेछ। यस अघिका रेड म्याजिक ७ प्रो र रेड म्याजिक ७एस प्रोले १३५ वाट फास्ट चार्जिङ दिइएको थियो। यी दुई स्मार्टफोनमा रहेको ५००० एमएएच ब्याट्री फुल चार्ज हुन १५ मिनेट समय लिन्छ।

आगामी स्मार्टफोनमा चार्जिङ क्षमता वृद्धि गरिएकाले यसको चार्जिङ समय अझै घट्ने विश्वास गरिएको छ। यद्यपि ब्याट्रीको आकारमा कुनै परिवर्तन गरिएको छैन।

अघिल्ला दुई सर्टिफिकेसन अनुसार रेड म्याजिक ८ प्रोमा ब्लूटुथ ५.२ र फाइभजी कनेक्टिभीटी दिइएको छ।

प्रकाशित: ११ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...