
काठमाडौं ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अब दर्ता नगरी बाटोमा गुडाईएका विद्युतीय सवारीसाधनहरुलाई कारबाही गर्ने भएको छ।
ट्राफिक प्रहरीले यहि मंसिर १५ गतेदेखि विद्युतीय स्कूटर तथा मोटरसाइकलले दर्ता गरेर मात्र सडकमा कुदाउन पाईने बताएको छ।
ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहेको बताए।
“विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेतअनिवार्यरूपमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि धेरैजसो दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको छ। त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिनेछ,” उनले भने।
यसका साथै तीव्र गतिमा सवारीसाधन चलाउनेलाई मङ्सिर १५ गतेबाट ट्राफिक नियमअनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम लागू गरेको छ।
प्रकाशित: ११ मंसिर २०७९, आईतवार