बीवाईडीले २०२३ मा सोडियम आयन ब्याट्री प्रयोग गर्ने

  • Technology Khabar | १० मंसिर २०७९, शनिबार
बीवाईडीले २०२३ मा सोडियम आयन ब्याट्री प्रयोग गर्ने

काठमाडौं ।

बीवाईडीले २०२३ को दोस्रो क्वाटरसम्ममा सोडियम आयन ब्याट्री सेल निर्माण गर्ने भएको छ। सोडियम आयन ब्याट्री सेल बीआईडीले पहिलो पटक आफ्नो ईभीमा प्रयोग गर्ने बताइएको छ।

कम्पनीले यो खबर झुटो भएको दाबी गरेको छ। तर चीनको अटोबाइल व्यवसायको विषयमा भरपोर्दो स्रोतको रुपमा लिइने सीएनईभीपोस्टले यस विषय प्रकाशित गरेसँगै यो खबर सत्य हुन सक्ने अड्कल काटिएको क्लिनटेकनिकाले उल्लेख गरेको छ।

बीवाईडी ब्याट्री डिभिजन फिनड्रिम सोडियम आयन ब्याट्री विकास र मास उत्पादनका लागि जिम्मेवार रहेको बताइएको छ। यो हाल नमूना प्रमाणीकरणको चरणमा छ।

रिपोर्ट अनुसार बीवाईडीले किन, डल्फिन र नयाँ सीगल मोडलहरुमा सोडियम आयन ब्याट्री प्रयोग गर्न सक्छ।

किनको मूल्य १४ हजार अमेरिकी डलर, डल्फिनको मूल्य २१ हजार अमेरिकी डलर र सीगलको मूल्य ११ हजार देखि १४ हजार अमेरिकी डलर रहेको छ। यस वर्ष चीनमा बिक्री भएका सबै ब्याट्री इलेक्ट्रिक कारहरुको ३६ प्रतिशत भन्दा बढी हिस्सा १४ हजार अमेरिकी डलरभन्दा कम मूल्यका ईभी रहेका छन्।

यस्तो हुनुका कारण लिथियमको मूल्य विगत १८ महिनामा २०२० को जुनमा प्रति टन ५ हजार ७०० अमेरिकी डलरबाट ८४ हजार अमेरिकी डलर प्रति टन पुगेको छ।

लिथियम आयन ब्याट्रीको प्रमुख इन्ग्रिडेन्ट लिथियम महँगो हुँदै गएकाले यसको विकल्पहरु खोजी गर्न शुरु गरिएको हो। हाल सोडियमको मूल्य प्रति टन ३ हजार अमेरिकी डलर छ।

प्रकाशित: १० मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १० मंसिर २०७९, शनिबार