ओप्पो रेनो ९ सिरिज सार्वजनिक

  • Technology Khabar | १० मंसिर २०७९, शनिबार
ओप्पो रेनो ९ सिरिज सार्वजनिक

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो रेनो ९ सिरिज सार्वजनिक गरेको छ। ओप्पोले रेनो ९ ,रेनो ९ प्रो प्लसगरी ३ मोडलमा रेनो सिरिज सार्वजनिक गरेको ग्याजेड३६०ले उल्लेख गरेको छ।

ओप्पो रेनो प्रो प्लसमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर, १६ जीबी र्याम दिइएको छ। रेनो ९ मा स्न्यापड्रागन ७७८ जी र रेनो ९ प्रोमा मिडिया टेक डाइमेन्सिटी ८१०० म्याक्स प्रासेसरले पवार दिन्छ।

ओप्पो रेनो ९ सिरिजको मूल्य

स्मार्टफोन बिहानी किंग, ब्राइट मुन ब्ल्याक र टुमरो गोल्ड शेड्स कलर विकल्पहरुमा प्रस्तुत गरिएको छ। रेनो ९ प्रो प्लस ३९९९ चिनियाँ युआनको प्रारम्भिक मूल्यमा प्रस्तुत गरिएको छ। यस फोनमा २५६ जीबी स्टोरेजमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

रेनो ९ प्रोको १६ जीबी र्याम २५६ जीबी स्टोरेको मूल्य ३,४९९ चिनियाँ युआन र ५१२ जीबी स्टोरेज भएको १६ जीबी र्यामको मूल्य २,४९९ चिनियाँ युआन तोकिएको छ। यस मोडल १२ जीबीे र्याम र २५६ जीबी स्टोरेजमा पनि उपलब्ध छ।

ओप्पो रेनो ९ सिरिजको स्पेसिफिकेशन

रेनो ९ प्रो प्लसले ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले सपोर्ट गर्छ। यसले १२० हर्ज रिफ्रेस रेट प्रदान गर्छ। एचडीआर १० प्लस र ९५० निट्सको पीक ब्राइटनेस डिस्प्ले छ। फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर र एलपीडीडीआर५ले १६ जीबी र्याम सपोर्ट गर्छ। रेनो ९ प्रो प्लसको ४७०० एमएएच ब्याट्रीले ८० वाट सुपरभीओओसी चार्जिङ सपोर्ट गर्छ।

रेनो ९ प्रोमा पनि ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले दिइएको छ। यस मोडलमा मिडियाटेक डाइमेन्सिटी ८,१०० म्याक्स प्रोसेसर उपलब्ध छ। फोनमा ५० मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर र सेकेन्डरी ८ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर छ। रेनो ९ प्रो मा ४५०० एमएएच ब्याट्रीले ६७ वाटको सुपर भीओओसी चार्जिङ सपोर्ट गर्छ।

रेनो ९ मा ९ प्रो प्लस र ९ प्रो जस्तै डिस्प्ले दिइएको छ। यस फोनमा ७७८ जी प्रोसेसर छ। फोनमा ६४ मेगापिक्सलको प्राइमेरी सेन्सर र २ मेगापिक्सलको सेकेन्डरी सेन्सर छ। रेनो ९ रहेको ४,७०० एमएएच ब्याट्रीले ८० वाट सुपरभीओओसी चार्जिङ सपोर्ट गर्छ। सिरिजका तीनवटै फोनमा सेल्फी र भिडियो कलका लागि ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ।

 

प्रकाशित: १० मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...