एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन “एस् इग्नाइट” सम्पन्न

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन “एस् इग्नाइट” सम्पन्न

काठमाडौं ।

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गरेको छ ।

कलेज प्राङ्गणमा सम्पन्न भएको यस ह्याकथन यस प्रक्रारको अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ।

ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु भएका यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।

इभेन्ट लिड प्रज्वल श्रेष्ठले भने, “विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागि उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ । हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भन्ने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरुको उत्साहजनक सहभागिताले पक्कै पनि ह्याकथनलाई वास्तवमै सफल बनाएको छ ।”

एस् इग्नाइट का विजेताहरु

प्रथम स्थान टिम यारस युनिका बज्राचार्य, अनुज छेत्री, अश्मित रजौरे, रुजल आचार्य, सुबन श्रेष्ठ
दोश्रो स्थान टिम पि एन पि बंशज पौडेल, नदिका पौडेल, क्रिश्बिन पौडेल, महिमा ढकाल
तेश्रो स्थान टिम टेली टबिज सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधानाङ्ग, समिर श्रेष्ठ, आयुश राज पाण्डे

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार