
काठमाडौं ।
वारेन बफेटको स्वामित्वमा रहेको लगानी कम्पनी बर्कशायर ह्याथवेले इलेक्ट्रिक सवारी निर्माता बीवाईडीको सेयर बिक्री गरेको छ। बर्कशायरले बीवाईडीको ३.२३ मिलियन सूचीबद्ध सेयर ८०.६७ मिलियन अमेरिकी डलरमा बिक्री गरेको हो।
गत नोभेम्बर १७ मा बर्कशायरको बीवाईडीको सेयरमा १६.२८ प्रतिशत स्वामित्व रहेको थियो। यो बिक्री सँगै एच सेयरमा बर्कशायरको सेयर हिस्सा घटेर १५.९९ प्रतिशत पुगेको हङकङ स्टक एक्सचेन्जको मंगलाबारको फाइलिङमा देखिएको रोयटर्सले उल्लेख गरेको छ।
बीवाईडीको हङकमा सूचीबद्ध सेयर बुधबार २.३ प्रतिशतले घटेर १७४.१० अमेरिकी डलरमा झरेको छ। यो अक्टोबर ३१ पटिको सबैभन्दा कम मूल्य हो।
हङकङ र शेन्जेनमा सूचीबद्ध बीवाईडीको सेयरको संयुक्त बजार मूल्य ८७.५० बिलियन अमेरिकी डलर छ।
बर्कशायरले गत नोभेम्बर ८ मा बीवाईडीको ५.७५ मिलियन हङकङमा सूचीबद्ध सेयर बिक्री गरेको थियो।
बीवाईडीका विद्यूतीय सवारीहरुको मूल्य बृद्धि र ब्याट्रीको बढ्दो मूल्य र केही राज्यहरुको अनुदान योजनाहरुको निर्धारित समयावधि समाप्ति हुने चरणमा रहेकाले बर्कशायरले सेयर बिक्री गरिएको बताइएको छ।
आफ्नो आधिकारिक विवो एकाउन्टमा प्रकाशित एक विज्ञप्तिमा बीवाईडीले केही इलेक्ट्रिक र हाइब्रिड पावर गाडीहरुको लागि राष्ट्रिय अनुदान डिसेम्बर ३१ मा समाप्त हुने बताएको छ। ब्याट्रीका लागि आवश्यक कच्चा पदार्थको मूल्य पनि यस वर्षको मध्यबाट माथि उठेको कम्पनीले थपेको छ।
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार