स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

  • Technology Khabar | ८ मंसिर २०७९, बिहीबार
स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

काठमाडौं ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भूक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सकिनेछ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार