
काठमाडौं ।
इम्बोस्ड नम्बर प्लेट सेवा अवरुद्ध भएको छ।
इम्बोस्ड नम्बर प्लेट प्रणालीका सर्भरहरुको विद्युत आपुर्ति प्रणाली यूएसपी मर्मत गर्नु पर्ने भएकाले ३ दिनका लागि सेवा बन्द हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
विभागले सूचना जारी गर्दै बिहीबार देखि शनिबार सम्म सर्भर बन्द रहने र अनलाइन आवेदन तथा यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार