
काठमाडौं ।
गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ। चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले
आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको
खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र
नभएर विश्वकै लागि ठूलो उपलब्धी भएको जनाएको छ। चिनियाँ निर्माताले
पहिलो १० लाख यूनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो।त्यसपछिको अर्को १० लाख यूनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख यूनिट उत्पादन र विक्री ६ महिनामा पुरा गरेको हो।
कम्पनीले पछिल्ला १८ महिनामा २० लाख यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ। यो उत्पादन र बिक्री आंकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोविलीटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको छ।
३० लाख यूनिट कार उत्पादन र विक्री भएको खुसीयाली मनाउने क्रममा
बीवाइडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए।
उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मान भएकी चिनियाँ वाङ सुवाङलाई आफ्नो ३० लाखौं उत्पादन हस्तान्तरण गरेका थिए।
बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटेजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल
बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्रगतिमा अगाडि बढ्ने जनाएको छ। अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ ओटै महादेशको ७० देशका ४०० भन्दा बढी सहरहरुमा पुर्याएको छ।
बीवाइडीको ३० लाख औं उत्पादन एक महत्वपूर्ण माइलस्टोन मात्र नभई विश्व ग्रीन मोबिलिटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि भएको बताईएको छ। भविष्यमा बिवाइडीले आफ्नो पार्टनरहरुसँगको सहकार्यमा हाइक्वालीटी प्रोडक्टको विकास गर्ने जनाएको छ।
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार