
काठमाडौं ।
ट्विटरका करिब ७ हजार ५ सय कर्मचारी मध्ये एक तिहाईलाई कामबाट निकालेपछि सीईओ इलन मस्कले नयाँ कर्मचारी नियुक्ती गर्ने बताएका छन्।
ट्विटरकका कर्मचारीहरुसँगको बैठकको क्रममा मस्कले कम्पनीको लेअफ (कर्मचारी निकाल्ने) काम पुरा भएको र नयाँ इन्जिनियर र बिक्री शाखाका लागि कर्मचारी नियुक्त गर्नु पर्ने समय आएको बताएको बैठकमा उपस्थित दुई व्यक्तिले दभर्जलाई बताएका छन्।
एक अनिर्दिष्ट लहरले ट्विटरको बिक्री शाखालाई हिट गरेको दिन मस्कको टिप्पणी आएको थियो। मस्कले ट्विटरको नेतृत्व लिएसँगै सबै विभागका वरिष्ट नेतृत्व गुमाएको छ।
मस्कले कुन भुमिकाका लागि इन्जिनियर र बिक्री प्रतिनिधिहरु नियुक्त गर्ने भनेर प्रष्टसँग खुलाएका छैनन्। साथै कम्पनीको वेबसाइटमा हाल कुनै पदमा खुल्ला भूमिकहरु सूचीबद्ध गरिएको छैन।
सफ्टवेयर लेखनमा उत्कृष्ट व्यक्तिहरुलाई रोजगारीमा उच्च प्राथमिकता दिइने उनले बैठकमा भने।
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार