अमेरिकी सांसदद्वारा टिकटकलाई दबाब, डाटा सेयरिङ बारेको सूचना झूटो भएको दाबी

  • Technology Khabar | ७ मंसिर २०७९, बुधबार
अमेरिकी सांसदद्वारा टिकटकलाई दबाब, डाटा सेयरिङ बारेको सूचना झूटो भएको दाबी

काठमाडौं ।

अब आउने नयाँ वर्षको लागि अमेरिकी कंग्रेसका रिपब्लिकन सदस्यहरुले सदनमा टिकटकको विषयलाई जोड दिदैं मुख्य एजेन्डाको रुपमा प्रस्तुत गर्ने भएका छन्।

चीनमा हेडक्वार्टर रहेको बाइटडान्सको अधिनमा रहेको टिकटकको गतिविधिलाई मध्य नजर गर्दै कम्पनीले डाटाहरुको दुरुपयोग गरेर कंग्रेसलाई भ्रमित पारेको हुनसक्ने आशंका व्यक्त गरेको रोयर्टसले उल्लेख गरेको छ।

टिकटकले प्रदान गरेको सूचना गलत भएको भन्दै हाउस इनर्जी एण्ड कमर्स कमिटिका शीर्ष रिपब्लिकनका प्रतिनिधि क्याथी म्याकमोरिस रोजर्स र ओभरसाईट कमिटिका शीर्ष रिपब्लिकनका प्रतिनिधि जेम्स कमरले टिकटकले बेईमानी गरेको आरोप लगाएका थिए।

टिकटका प्रमुख कार्यकारी शौ जी च्युलाई पत्र लेख्दै रिपब्लिकनका सांसदहरुले कर्मचारी ब्रिफिङको क्रममा टिकटकले प्रदान गरेको सूचना झूटो र भ्रामक भएको, साथै टिकटकले अमेरिकी प्रयोगकर्ताको लोकेसन ट्रयाक नगर्ने विषय असत्य रहेको भनी दाबी गरेका थिए।

यो महिनाको शुरुवातमा चुनावमा बिजय हासिल गरेको रिपब्लिकनहरुले आउँदो वर्षको जनवरी महिनादेखि सदनको नेतिृत्व सम्हाल्ने छन्। यो पत्रलाई हेर्दा रिपब्लिकनहरुले अब टिकटक लगायतका अन्य चिनियाँ कम्पनीहरुलाई नियोजित ढङ्गमा लक्षित गरी पूर्व अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै छानबिनको दायरामा ल्याउनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: ७ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार