टाटा टिगोर ईभी नयाँ अवतारमा सार्वजनिक, फुल चार्जमा ३१५ किलोमिटर रेञ्ज

  • Technology Khabar | ७ मंसिर २०७९, बुधबार
टाटा टिगोर ईभी नयाँ अवतारमा सार्वजनिक, फुल चार्जमा ३१५ किलोमिटर रेञ्ज

काठमाडौं ।

टाटा मोटर्सले नयाँ अपडेट रेञ्जका साथ नयाँ टिगोर ईभी सार्वजनिक गरेको छ। टाटाले टिगोर ईभी एक्सई, टिगोर ईभी एक्सटी, टिगोर ईभी एक्सजेड प्लस र टिगोर ईभी एक्सजेड प्लस लक्समा गरि चार भेरियन्टमा सार्वजनिक गरेको हो।

टाटा टिगोर फुल चार्जमा ३१५ किलोमिटर (एआरएआई सर्टिफाइड) रेञ्ज पाउन सकिन्छ।

अपडेटेड भर्सन सेडान ईभीमा नयाँ टेक्नोलोजी र फिचर पाउन सकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ। टिगोर ईभी नयाँ म्याग्रेटिक रेड कलर विकल्पमा पाउन सकिन्छ।

टिगोर ईभी नयाँ रेञ्जको शुरुवाती मूल्य १२ लाख ४९ हजार भारु (एक्स शोरुम) तोकिएको छ।

कारमा लेदरेट अपहोल्स्ट्री, लेदर रैप्ड स्टीयरिङ ह्वील, रेन सेन्सिङ वाइपर्स, अटो हेलल्याम्प्स र क्रूज कन्ट्रोल लगायत अतिरिक्त फिचर दिइएको छ।

यसमा मल्टी मोड रेजेन, कनेक्टेड कार टेक्नोलोजी जेड कनेक्ट, स्मार्टवाच कनेक्टिभिटी, आईटीपीएमएस र टायर पन्चर रिपेयर किट लगायत स्मार्ट फिचर पनि पाउन सकिन्छ।

ईभीमा लिक्विड-कूल्ड आईपी६७ रेटेड २६ किलोवाट ब्याट्री दिइएको छ। टिगोर ईभीले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टा रफ्तार लिन सक्छ।

प्रकाशित: ७ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार