नयाँ आउने स्मार्टफोनहरुमा अब स्न्यापड्र्यागन ८ जेन २ चिपसेट हुने

  • Technology Khabar | ७ मंसिर २०७९, बुधबार
नयाँ आउने स्मार्टफोनहरुमा अब स्न्यापड्र्यागन ८ जेन २ चिपसेट हुने

काठमाडौं ।

क्वालकमले हालै दिएको जानकारी अनुसार ओईएमएसले अब फ्ल्यागसिप प्रोसेसर अर्थात स्न्यापड्र्यागन ८ जेन २ लाई नयाँ सीपीयूको रुपमा प्रयोग गर्ने भएको छ।

नयाँ चिपको निर्माण पहिलेको भन्दा भिन्न कोर कन्फिगरेसनमा ४ एनएम प्रक्रियामा गरिएको कम्पनीले बताएको छ। स्न्यापड्र्यागन ८ जेन २ चिपले ३.२ जिएचजेको एआरएमा आधारित एउटा प्राइम कोर २.८ जिएचजेको चारवटा पर्फमेन्स कोर र २.० जिएचजेको तीन ओटा ईफिसेन्सी कोर समावेश गरेको उल्लेख गरेको छ।

गत वर्षको चिपसेटको तुलनामा हालको नयाँ चिपसेट २०० एमएचजे देखि ३०० एमएचजे फास्ट रहेको उल्लेख गरिएको छ। अघिल्लो जेनरेसनको प्रोसेसर भन्दा यसपालिको नयाँ सीपीयू ३५ प्रतिशतले छिटो र ४० प्रतिशत शक्तिसालि रहेको कम्पनीले उल्लेख गरेको छ।

नयाँ स्न्यापड्रयागन ८ जेन २ लाई आफ्नो मुख्य प्रोसेसिङ्ग यूनिटको रुपमा प्रयोग गर्ने स्मार्टफोनहरुको नामावलि यस प्रकार रहेका छन्;

  • शाओमी १३ सिरिज
  • सामसङ ग्यालेक्सी एस२३ सिरिज
  • वान प्लस ११ सिरिज
  • ओप्पो फाइन्ड एक्स सिरिज
  • रेड म्याजिक ८ प्रो
  • मोटोरोला एक्स ४० सिरिज
  • आईक्यू ११ सिरिज

प्रकाशित: ७ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...