ओप्पो फाइन्ड एन २ र फाइन्ड एन २ फिल्प आईएनएन डे २०२२ मा सार्वजनिक हुनसक्ने

  • Technology Khabar | ७ मंसिर २०७९, बुधबार
ओप्पो फाइन्ड एन २ र फाइन्ड एन २ फिल्प आईएनएन डे २०२२ मा सार्वजनिक हुनसक्ने

काठमाडौं ।

ओप्पोले आफ्नो नेक्स्ट जेनेरसन अन्तरगतको फाइन्ड एन फोल्डेबल फोनहरु डिसेम्बरमा आउँदै गरेको ईभेन्ट आईएनएन डे २०२२ मा सार्वजनिक गर्ने डिजीटल च्याट स्टेसनले हालै उल्लेख गरेको छ।

गत वर्षको डिसेम्बर १४ मा आयोजना भएको दुई दिने आईएनएन डे २०२१ ईभेन्टमा ओप्पोले आफ्नो नयाँ टेक्नोलोजीहरु जस्तै मारीसिलिकोन एक्स एनपीयू ओप्पो ग्लास र ओप्पो फाइन्ड एन फोल्डेबल फोनहरु सार्वजनिक गरेको थियो।

यसैगरि यो पटकको आईएनएन डे २०२२ मा पनि कम्पनीले नयाँ टेक्नोलोजीहरुको घोषणा गर्ने संभावना उच्च रहेको भनिएको छ।

डिसेम्बरको मध्यतिर आयोजना हुने सम्भावना रहेको आईएनएन डे २०२२ ईभेन्टमा ओप्पोको नयाँ प्रोडक्टहरु मध्ये फाइन्ड एन २ र फाइन्ड एन २ फिल्प अनुमानित नाम आकर्षणको केन्द्रबिन्दु रहने आशा गरिएको डिजीटल च्याट स्टेसनल उल्लेख गरेको छ।

ओप्पो फाइन्ड एन२ का विषेशताहरु
ओप्पो फाइन्ड एन२ मा ७.१ को इनर फोल्डेबल डिस्प्ले रहने छ भने फोनको बाहिरी भागमा ५.५को ओएलईडी कभर डिस्प्ले रहने छ। उक्त स्क्रीनमा एफएचडि प्लस रिजोलुसन र १२० हर्जको रिफ्रेस रेट प्रदान गर्नेछ।

स्न्यापड्रयागन ८ प्लस जेन १ को चिपसेट र ६७ वाट चार्जिङ सपोर्ट गर्ने ४५२० एमएएचको ब्याट्रि फोनको थप विशेषताहरु हुन्। फोनमा फ्रन्ट र इनसाईड क्यामरा गरी दुईवटै क्यामरा ३२ मेगापिक्सेलको हुनेछन्। यसैगरी फोनको पछाडि त्रिपल क्यामरा सेटअप अनुसार सोनी आइएमएक्स ८९० ओआइस ५० मेगापिक्सल अल्ट्रा वाइड ४८ मेगापिक्सेल र ३२ मेगापिक्सेलको सोनी आइएमएक्स ७०९ टेलिफोटो गरेर तीन ओटा क्यामराहरु हरहनेछन्। फोनको तौल २४० ग्राम भन्दा कम हरने र विभिन्न रङ्गहरु जस्तै कालो सेतो र हरियोमा उपलब्ध हुनेछन्।

ओप्पो फाइन्ड एन २ फ्लिपका विषेशताहरु
फाइन्ड एन २ फ्लिपमा ६.८ इन्चको फोल्डेबल ई सिक्स ओएलइडी डिस्प्ले रहने छ भने फोनको बाहिरी भागमा ३.२६ इन्चको ओएलईडी कभर डिस्प्ले रहने छ। फोनमा डाइमेनसिटी ९००० चिपसेट र ४४ वाट चार्जिङ सपोर्ट गर्ने ४३०० एमएएचको ब्याट्री रहने छ। फ्रन्ट क्यामरा ३२ मेगापिक्सेलको सोनी आइएमएक्स ७०९ हुनेछ भने यसैगरी फोनमा ५० मेगापिक्सलको सोनी आइएमएक्स ८९० आठ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा गरी डुअल क्यामरा सेटअप हुनेछ। यो फोन पनि फाइन्ड एन २ जस्तै कालो सेतो र हरियो गरि तीन रङ्गहरुमा उपलब्ध हुनेछ।

प्रकाशित: ७ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार