
काठमाडौं ।
जापानको माज्दा मोटर कर्पले विद्युतीय सवारीसाधन (इभी) ब्याट्रीहरू खरिद गर्न र ब्याट्री आपूर्तिकर्ता एनभिजन एईएससीसँग सहकार्य गर्न २०३० सम्ममा १.५ ट्रिलियन येन (१०.६ बिलियन डलर) लगानी गर्ने योजना बनाएको जाापानी समाचारपत्र निकाईले रिपोर्ट गरेको छ।
हिरोसिमामा आधारित अटोमेकरले ब्याट्रीहरू सुरक्षित गर्ने र एनभिजन एईएससीसँग साझेदारी मार्फत जापानका कारखानाहरूमा पूर्ण रूपमा विद्युतीय सवारी साधनको उत्पादन बढाउन खोज्ने अखबारले रिपोर्ट गरेको छ।
विश्वभरका अटोमेकरहरूले कडा वातावरणीय नियमहरूको सामना गर्दै ब्याट्री र ईभी उत्पादन बढाउन अर्बौं डलर खर्च गरिरहेका छन्। अगस्टमा, टोयोटा मोटर कर्पोरेशनले प्रियस जस्ता हाइब्रिड पेट्रोल-इलेक्ट्रिक कारहरूको विपरीत पूर्णरूपमा विद्युतीय सवारी साधनहरूको ब्याट्री बनाउन जापान र अमेरिकामा ७३० अर्ब जापानी येनसम्म लगानी गर्ने बताएको थियो।
यसको प्रतिद्वन्द्वी होण्डा मोटर कम्पनीले पनि सोही महिनामा कोरियाली ब्याट्री आपूर्तिकर्ता एलजी इनर्जी सलुसन लिमिटेडसँग संयुक्त राज्य अमेरिकामा ईभीहरुको लागि ४.४ बिलियन डलरको नयाँ लिथियम आयन ब्याट्री प्लान्ट निर्माण गर्ने बताएको छ।
माज्दाले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरेर मध्यम-अवधि व्यापार योजनाको बारेमा कुरा गर्ने रोयटर्सले उल्लेख गरेको छ।
एनभिजन एईएससी, जापानमा आधारित, चिनियाँ नवीकरणीय ऊर्जा समूह एनभिजनको ब्याट्री व्यवसाय हो र मूल रूपमा निसान मोटर कम्पनी, एनईसी कर्पोरेशन र यसको सहायक एनईसी टोकिन कर्पोरेशन बीचको संयुक्त उद्यमको रूपमा स्थापना भएको हो।
प्रकाशित: ७ मंसिर २०७९, बुधबार