
काठमाडौं ।
नेटवर्क उपकरण निर्माता एरिक्सनले बेलायतमा सिक्सजी मोबाइल अनुसन्धानमा लाखौं पाउन्ड लगानी गर्ने भएको छ। यसले हार्डवेयर सुरक्षा, एआई र कोग्निटिभ नेटवर्क्स र क्वान्टम कम्प्युटिङमा विश्वविद्यालयहरूसँग काम गरिरहेको मंगलबार बतायो।
सबै चारओटा ब्रिटिश मोबाइल नेटवर्कहरूमा फाइभजी गियर आपूर्ति गर्ने स्विडेनी कम्पनीले १० वर्षको पहलले आगामी पुस्ताको ६जी नेटवर्कहरूको विकास गर्न मद्दत गर्ने भनेको छ, जुन सन् २०३० तिर व्यावसायिक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ।
एरिक्सनको बेलायत र आयरल्यान्डका सीईओ क्याथरिन ऐन्लेले बताएअनुसार बेलायती विश्वविद्यालयहरूले नयाँ पुस्ताका सञ्जालहरूलाई अण्डरपिन गर्ने केही प्रविधिहरूमा विश्वस्तरिय अनुसन्धान गरिरहेका छन्।
“हामी यहाँ बेलायतमा २० अनुभवी अनुसन्धानकर्ताहरूको टोली स्थापना गर्नेछौं र हामी विद्यार्थीहरूलाई पनि प्रायोजन गर्ने प्रयास गर्नेछौं,” उनले भनिन्, “हाम्रो प्रारम्भिक फोकस सिक्सजी नेटवर्किङ र हार्डवेयर सुरक्षा हुनेछ।”
नयाँ समूहले १२ देशहरूमा एरिक्सनको १७ अवस्थित अनुसन्धान साइटहरूलाई पूरक बनाउने उनले भनिन्।
सम्भावित साझेदार विश्वविद्यालयहरूमा सरे, ब्रिस्टल र म्यानचेस्टर समावेश छन्।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार