एमआईको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

  • Technology Khabar | ६ मंसिर २०७९, मंगलवार
एमआईको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

काठमाडौं ।

स्मार्टफोन र टिभी कम्पनी शाओमीले वर्ल्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकहरुले एमआई अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको एमआई क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन्।

यसको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो। वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्। यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ। उहाँँहरुको एमआई अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ।”

यस अफरअन्तर्गत कुनै पनि एमआई अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले रु २,९९,९९९ मुल्य बराबरको ७५ इन्चको एमआई क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन्। त्यस्तै अन्य ग्राहकहरुले दैनिकरुपमा रु ४५,९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन्।

लक्की ड्रमा सहभागी हुनको लागि टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ।

यो अफर मंसिर ४ गते देखि पौष ३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार