
काठमाडौं ।
आइएमई पे र बिग डिजिटलवीच समझदारी गरिएको छ। समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेट खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउनेछन्।
साथै, ग्राहकहरुले रू. ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने बताईएको छ।
यो अफर बिग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसिर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने कम्पनीले जनाएको छ।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार