
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले टेलिफोन/ इन्टरनेट/केवल टी.भी. सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई सम्झौता नवीकरण गर्न र हालसम्मको बाँकी बक्यौता भाडा रकम तिर्न भनेको छ ।
नेविप्राको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/ इन्टरनेट/केवल टी.भी. सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई पुस ७ गतेसम्म सबै रकम चुक्ता गर्न भनेको हो । साे अवधिमा सम्झौता नगर्ने र भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।
निर्देशनालयले भनेको छ, “नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइवर भाडामा लिई टेलिफोन / इन्टरनेट / केवल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरू मध्ये नियमानुसार सम्झौता गर्न/ सम्झौता नवीकरण गर्न बाँकी रहेका सेवा प्रदायक संस्थाहरूले वि.सं. २०७९ पुस ७ गतेभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न सम्झौता नवीकरण गर्न एवं हाल सम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नुहुन।”
यसका साथै तोकिएको समयावधिभित्र सम्झौता नगर्ने / सम्झौता नवीकरण नगर्ने सेवा प्रदायकहरूलाई ने.वि.प्रा. को प्रचलित नियमानुसार कारबाही गरिने व्यहोरा जानकारी दिएको छ।
नेविप्राले सम्झौता नगरी वा सम्झौता नवीकरण नगरी नयाँ लाइन/सेवा विस्तार नगर्नु /नगराउनुहुन समेत सूचित गरेको छ।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार