
काठमाडौं ।
यो हप्ताको सुरुमा बेस्ट बाई क्यानडाले आफ्नो वेबसाईटमा मोटो वाच ७० को मूल्य र विशेषताको बारेमा चर्चा गरेको थियो। त्यसैगरि उक्त प्लेटफर्ममा अहिले बजारमा आउन लागेका मोटो वाच १५० र मोटो वाच २०० सार्वजनिक हुनु अघिनै देखा परेका छन्।
मोटो वाच ७० मा जस्तो रेक्ट्र्याङ्गल नभई मोटो वाच १५० सर्कुलर डायल अर्थात गोलाकारको डिजाइनमा उपलब्ध हुनेछ। यसको डिस्प्लेमा ३०.५५ एमएमको एमोलेड डिस्प्ले रहने छ। एक पटकको फुल चार्जमा १४ दिन सम्म व्याट्रि टिक्ने भनी उल्लेख गरिएको छ।
अन्य फिचरहरुमा २४स्र्पोटस् मोड, स्टेप ट्रयाकिङ्ग, हार्ट रेट मोनिटरिङ्ग, ब्लड अक्सीजन ट्रयाकिङ्ग रहने उल्लेख गरिएको छ। यो स्मार्टवाच कालो, रोज गोल्ड र सिल्भर गरेर भिन रङ्गहरुमा उपलब्ध हुनेछन्।
झट्ट हेर्दा एप्पल वाचको जस्तो डिजाइनमा देखिने मोटो वाच २०० को डिस्प्ले रेक्ट्र्याङ्गलमा छ भने यो स्मार्ट वाचको स्क्रिन ३४८*४४२ पिक्सेल रिजोलुशनको हुनेछ। यसको स्ट्राइप पनि सिलिकनको रहने छ। यो स्मार्टवाचका अन्य फिचरहरुमा २८ स्पोर्टस् मोड, स्टेप र डिस्ट्यान्स ट्रयाकिङ्ग, हार्ट रेट मोनिटरिङ्ग, ब्लड अक्सीजन ट्रयाकिङ्ग रहने भनि उल्लेख गरिएको छ।
यी स्मार्टवाचहरुको मूल्य १९९.९९ क्यानाडियन डलर अर्थात करिब १५० अमेरिकन डलर पर्नेछ।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार