
काठमाडौं ।
गुगलले अगस्ट १५ मा एन्ड्रोइड १३ जारी गर्यो, र एन्ड्रोइड १३ मा आधारित सामसङको पहिलो वन यूआई५ अपडेट अक्टोबर २४ मा ग्यालेक्सी एस२२ परिवारमा करिब दुई महिना दस दिनपछि बाहिरियो। र त्यसपछि कोरियाली कम्पनीले आजसम्म डिभाइसहरूको असंख्य अपडेट गरेको छ।
वन यूआई ५ को रोलआउट यसरी सामसङको लागि सबैभन्दा छिटो रोलआउट भएको छ, र कोरियाली कम्पनीले यस वर्ष केही फ्ल्यागशिपहरू मात्र नभई सकेसम्म धेरै डिभाइसहरू कभर गर्ने प्रयासमा धेरै प्रभावशाली भएको छ। यससँगै सामसङले आफ्ना मिड रेन्ज र बजेट फोनका लागि पनि नयाँ अपडेट दिन थालेको छ।
यो ठूलो परिवर्तन सामसंगको सफ्टवेयर प्रक्रियामा देखिन्छ। कम्पनीले अर्को वर्ष एन्ड्रोइड १४ अपडेट रोल आउट गर्ने पहिलो कम्पनी हुने दाबी गरिरहेको छ। यस्तो रिपोर्टहरू बाहिर आइरहेका छन् कि कम्पनीले ग्यालेक्सी जेड फोल्ड ५/ ग्यालेक्सी जेड फ्लिप ५ संग एन्ड्रोइड १४ रोल आउट गर्न सक्छ।
यति मात्र होइन, सामसङले अब आफ्ना सबै डिभाइसमा ४ वर्षसम्म एन्ड्रोइड ओएस अपडेट उपलब्ध गराउने वाचा गरेको छ। अर्थात्, यदि तपाईंले एन्ड्रोइड १३ भएको डिभाइस खरिद गर्नुभएको छ भने, तपाईंलाई एन्ड्रोइड १६ सम्मको अद्यावधिक अफर गरिनेछ।
यति मात्र होइन, सामसङ फोनहरूमा समय समयमा सेक्युरिटी अपडेटहरू पनि रोल आउट भइरहेका छन्, जसले उपकरणलाई सुरक्षित बनाउँछ। रिपोर्ट अनुसार, दक्षिण कोरियाली कम्पनीले दावी गरेअनुसार प्रयोगकर्ताहरूले सन् २०२३ मा एन्ड्रोइड १४ अपडेटको लागि कुर्नुपर्दैन।
गुगलले अगस्टमा ओईएमहरु अर्थात् फोन निर्माताहरू र यसका साझेदारहरूको लागि एन्ड्रोइड १३ रोलआउट गर्यो। सामसङले २०२३ मा एन्ड्रोइड १४ आधारित वनयूआई ६.० रिलिज गर्न दुई महिना नलाग्ने भनेको छ। यद्यपी कम्पनीले यसका लागि कुनै टाइमलाइन सार्वजनिक गरेको छैन्।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार