
काठमाडौं ।
अफ्रिकी मुलुक बोत्सवानाले सन् २०२३ मा पहिलो टेलिकम स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ।
बोत्सवानाका राष्ट्रपति मोक्ग्वेत्सी मासिसीले बोत्सवानाको बीओटी स्याट १ (BOT SAT-1) स्याटेलाइट सन् २०२३ मा कक्षमा प्रक्षेपण गर्ने घोषणा गरेको द भ्वाइसले रिपोर्ट गरेको छ।
केप टाउन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीसँगको साझेदारीमा पालापेमा स्टेशन रहने उक्त भू–उपग्रह निर्माण गरिएको उनले बताए।
यसका साथै यसको ग्राउण्ड कम्युनिकेशन स्टेसनको काम सम्पन्न भई सञ्चालनका लागि तयार छ।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार