बीवाईडीको चिनियाँ प्लान्टमा आगलागी, फोन र कम्प्यूटर पार्ट्स उत्पादन प्रभावित

  • Technology Khabar | ५ मंसिर २०७९, सोमबार
बीवाईडीको चिनियाँ प्लान्टमा आगलागी, फोन र कम्प्यूटर पार्ट्स उत्पादन प्रभावित

काठमाडौं ।

चिनियाँ ईलेक्ट्रिक भेहिकल निर्माता बीवाईडीको एक कारखानामा शुक्रबार आगलागी भएको छ। तर यसले यसको सवारी उत्पादनमा असर नगरेको बताएको छ। कम्पनीकाअनुसार आगलागी भएको प्लान्टले मुख्यतया सेल फोन र कम्प्युटर सामानहरू उत्पादन गर्ने गरेको बताइएको छ।

गुआङ्डोङ प्रान्तको हुइझोउमा रहेको बीवाईडी प्लान्टमा नोभेम्बर १८ मा बेइजिङ समयअनुसार १९:१४ मा आगलागी भएको थियो र २१:३० मा नियन्त्रणमा लिइएको स्थानीय सरकारी बुलेटिनले शुक्रबार साँझ जनाएको छ।

आगलागी भएको भवन स्टिल फ्रेमको संरचना भएकोले कोही पनि फसेका छैनन, कुनै हताहत भएको छैन। घटनास्थलमा कुनै ज्वलनशील वा विष्फोटक वस्तु नरहेको बुलेटिनले जनाएको छ भने आगलागीको कारण अहिले अनुसन्धान भइरहेको सीएनईभीपोस्टले उल्लेख गरेको छ।

होझौउमा बीवाईडीको कारखाना डाया बे डेभलपमेन्ट जोनमा स्थित छ र सन् २००७ मा निर्माण गरिएको थियो। उत्पादन आधार लगभग १७ लाख वर्ग मिटर को कुल क्षेत्र ओगटेको छ र लगभग ४५ हजार मानिसहरूलाई रोजगार दिन्छ।

उत्पादन आधारमा तीन चरणहरू छन्, भने यसको व्यवसायमा धातु प्रशोधन, अटो पार्ट्स निर्माण र इलेक्ट्रोनिक उत्पादन पार्ट्स निर्माण समावेश छ।

स्थानीय मिडिया द इकोनोमिक अब्जर्भरका अनुसार उत्पादन आधार मुख्यतया यसको इलेक्ट्रोनिक्स व्यवसायको लागि प्रयोग गरिन्छ, जहाँ मुख्य व्यवसायको पहिलो चरणमा सीएनसी, धातु प्रशोधनका लागि जिम्मेवार शुद्ध धातु उत्पादन कारखाना समावेश छ।

साइटको दोस्रो चरण मुख्यतया गियरबक्सहरू, शक अबर्जर्बरहरू र कनेक्सन रडहरू सहित अटो पार्ट्स उत्पादनको लागि प्रयोग गरिन्छ।

रिपोर्ट अनुसार यसको तेस्रो चरणको परियोजना मुख्यतया सेल फोन डिस्प्ले गेटवे, सेल फोन ब्याक शेल, सेल फोन एक्सेसरीज र कम्प्युटर पार्ट्स निर्माणको लागि जिम्मेवार छ।

स्थानीय सरकारको बुलेटिनले आगलागी भएको भवन बीवाईडीको फेज  थ्री एफ ६ प्लान्ट भएको जनाएको छ।

तेस्रो त्रैमासिकमा बीवाईडीको राजस्व ११७.१ अर्ब युआन थियो, जसमा इलेक्ट्रोनिक्स व्यवसायले २७.५ अर्ब युआन, वा २३ प्रतिशत योगदान गर्यो।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार