एनआईसी एसिया बैङ्कमा भिडियोबाटै केवाईसी

  • Technology Khabar | ४ मंसिर २०७९, आईतवार
एनआईसी एसिया बैङ्कमा भिडियोबाटै केवाईसी

काठमाडौं ।

एनआईसी एसिया बैङ्कमा भिडियो केवाईसीबाटै ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ।

घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने सुविधाको प्रयोग गर्न ग्राहकले बैंङ्कको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी केवाईसीका लागि सम्पर्क गर्न सकिने बैङ्कले जनाएको छ।

ग्राहकले आफ्नो व्यक्तिगत विवरण भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैङ्कलाई उपलब्ध गराउन सक्ने वा बैंकिङ समयमा भिडियो कलका लागि अनुमति लिन सकिने बैङ्कले जनाएको छ।

बैङ्कले यसअघि अनलाइन खाता खोल्ने ग्राहकका लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ।

स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडियो कलका माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक सहजरूपमा गर्न सकिने हुँदा यसबाट उक्त सेवा लिन बैङ्कको शाखा कार्यालयसम्म भौतिक रूपमा उपस्थिति हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैङ्कले विश्वास लिएको छ।

प्रकाशित: ४ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...