
काठमाडौं ।
बाँकी विश्वको तुलनामा विशेषगरी चीन नयाँ प्रविधिमा निकै तीव्र गतिमा अघि बढिरहेको छ। चीनमा अब सिक्सजीमा काम सुरु भएको छ। चिनियाँ कम्पनी जेडटीईले १० लाख गिगाबिटको आश्चर्यजनक नेटवर्क स्पिडको खोजीमा ६जीमा अनुसन्धान सुरु गरेको घोषणा गरेको छ। कम्पनीले प्रविधिमा नयाँ आविष्कार र अनुसन्धान तथा विकासमा लगानी गर्न प्रतिबद्ध रहेको बताएको छ।
रिपोर्टका अनुसार सन् २०२२ मा जेडटीईले अनुसन्धानमा १६ अर्ब युआन खर्च गरेको छ। यो रकम अवधिमा कम्पनीको सञ्चालन आम्दानीको १७ प्रतिशत हो। मोबाइल सञ्चारमा सिक्सजी अर्को ठूलो कुरा हो भन्ने कम्पनीको विश्वास छ। तर, यसको विकास प्रारम्भिक चरणमा नै छ।
जेडटिईको उद्देश्य सिक्सजीको विकासमा अगाडि आउनु हो। कम्पनीले आर एन्ड डी कर्मचारीहरूमा ध्यान केन्द्रित गर्नेछ। उसकाअनुसार यो उद्यम विकासको महत्वपूर्ण आधार अनुसन्धान र विकास रणनीति हो। कम्पनीले आफ्नो सञ्चालन आम्दानीको करिब १० प्रतिशत आर एण्ड डीमा खर्च गरिरहेको छ। सिक्सजी प्रविधिको विकासका लागि आफ्नो प्रयास जारी राख्ने बताएको छ।
सन् २०३० सम्ममा विश्वमा ६जी नेटवर्क सुरु हुनसक्ने अनुमान गरिएको छ। जेडटिई मात्र यसमा काम गरिरहेको छैन। धेरै ठूला कम्पनीहरू सिक्सजी परीक्षणमा संलग्न छन्। हालै एलजी यसमा सफल भएको छ। दक्षिण कोरियाली टेक्नोलोजी विशालले ३२० मिटरको दूरीमा १५५ देखि १७५ गिगाहर्जको फ्रिक्वेन्सी दायरामा सिक्सजी टेराहर्ज डाटाको वायरलेस प्रसारण र रिसेप्शनको सफलतापूर्वक परीक्षण गरेको छ।
पछिल्लो समय जापान, दक्षिण कोरिया र अमेरिकाले सिक्सजीमा द्रुत गतिमा काम गरिरहेका छन्।
प्रकाशित: ४ मंसिर २०७९, आईतवार