निर्वाचनको लागि दूरसञ्चार सेवा थप प्रभावकारी बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
निर्वाचनको लागि दूरसञ्चार सेवा थप प्रभावकारी बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले भोली हुने निर्वाचनको लागि दूरसञ्चार सेवालाई थप प्रभावकारीताका साथ संचालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सृजना हुन नदिन तथा तत्काल मर्मत सम्भार गर्न  निर्देशन दिएको छ।

नियमनकारी निकाय प्राधिकरणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरि अत्याबश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारीताका साथ संचालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सृजना हुन नदिन तथा तत्काल मर्मत सम्भार गर्नु पर्ने अवस्था आइपरेमा तुरुन्त टिम परिचालन गर्न सक्ने गरि व्यवस्थापन मिलाउन सम्पूर्ण सेवा प्रदायकहरुलाई भनेको छ।

यसका साथै निर्वाचन आयोगबाट जारी भएको आचार संहिता विपरित दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्न गराउन नदिन समेत सम्बन्धित सबैलाई जानकारी गराएको छ।

 

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...