
काठमाडौं ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अघिल्लो दिन विभिन्न सञ्चार माध्यमहरुले लेखेको भन्दै ‘फेक’ समाचारको कटिङ र स्क्रिनसटहरु भाइरल बनेका छन्।
सत्तारुढ गठबन्धनका बारेमा प्रकाशित भएका भन्दै अनलाइन खबर, सेतोपाटी, नयाँ पत्रिकालगायत मिडियाहरुमा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरेर ‘फेक’ समाचार तयार गरिएको र सामाजिक संजालमा भाइरल गरिएको हो।
‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ ‘गठबन्धनमा दरार आएको’, ‘देउबालाई प्रचण्डको फोन- माओवादीलाई सहयोग नगर्ने कांग्रेसको सर्कुलर प्रति माओवादी सशंकित’ जस्ता फेक समाचारहरु सञ्चार माध्यममा प्रेसित जस्तै बनाई, हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका हुन्।
अर्कोतर्फ त्यस्ता कुनैपनि प्रकारका फेक समाचारहरु आफ्ना सञ्चार माध्यममा प्रकाशित नभएको ती मिडियाहरुमा कार्यरत पत्रकारहरुले सामाजिक संजालबाटै स्पष्ट पारेका छन्।
प्रकाशित: ३ मंसिर २०७९, शनिबार