डिशहोमले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण २के रिजोलुशनमा गर्दै

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार

काठमाडौं ।

डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ।

यसका साथै नेपालको एक मात्र डिटिएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्ने भएको छ। कम्पनीले वर्ल्डकपका सबै खेलहरु २के रिजोलुशनमा प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको छ।

हरेक चार/चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका भन्दै नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ।

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम, जस्तै:- MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ।

साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया