निर्वाचन आयोगको वेबसाइट पुनः संचालनमा आयो, तर चलाउन अझै असहज

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
निर्वाचन आयोगको वेबसाइट पुनः संचालनमा आयो, तर चलाउन अझै असहज

काठमाडौं ।

आज बिहानदेखि डाउन रहेको निर्वाचन आयोगको वेबसाइट पुनः संचालनमा आएको छ। यसका साथसाथै आयोगको एप समेत चलेको छ।

वेबसाइट र एप दुबै डाउन भएसँगै नागरिकहरुले आयोगका गतिबिधि र निर्णयहरु बारे जानकारी पाउन नसकेको गुनासो गरेका थिए।

भोली मंसिर ४ गते देशभर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ। तर अचानक वेबसाइट र एप डाउन भएको थियो।

अब भने वेबसाइट र एप दुबै संचालनमा आए पनि प्रयोगमा अझै सहजता भएको देखिँदैन्। वेबसाइट र एपको फ्रन्ट पेज देखिएपनि त्यस भित्रका सामग्रीहरु हेर्नका लागि अझै समस्या भएको छ।

निर्वाचन आयोगको वेबसाइट प्राविधिक कारणले डाउन भएको बताईएको छ। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले वेबसाइट मर्मतको काम भईरहेको जानकारी दिए।

“वेबसाइट मेन्टेनेन्स हुँदै गरेको भन्ने जानकारी पाएको छु। अरु कारण केहि होईन्।केहि समयमा खुल्छ,” सहायक प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँगको कुराकानीमा भनेका थिए।

यसअघि आयोगले आफ्नै वेबसाइटमार्फत चुनावको मतगणनाको जानकारी दिने व्यवस्था गरिने बताएको थियो।

आयोगका कम्प्युटर इन्जिनियर सुरेश बसौलाले सबै संचारमाध्यम तथा अनलाइनहरुलाई निर्वाचनको अपडेट उपलब्ध गराईने बताएका थिए।

उनले निर्वाचन आयोगद्वारा सार्वजनिक गरिने नतिजाको लागि माग आएको खण्डमा अनलाइन मिडियालाई embed code प्रदान गरिने बताएका थिए। सोही आधारमा निर्वाचन अपडेट गर्न सक्ने बताएका थिए।

संभवत सोही कार्यको लागि वेबसाइट तथा एप डाउन भएको अनुमान गरिएको छ।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार