नेपाल र युएईबीच क्रिकेट सिरिजको अनलाईन सट्टेबाजी गराउने ४४ भारतीय पक्राउ

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
नेपाल र युएईबीच क्रिकेट सिरिजको अनलाईन सट्टेबाजी गराउने ४४ भारतीय पक्राउ

काठमाडौं ।

नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा भारतमा दर्ता रहेका बिभिन्न अनलाईन साईटहरुमार्फत व्यावसायिक रुपमा अनलाईन सट्टेबाजी (जुवा) खेलि/खेलाइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा व्यावसायिक रुपमा सट्टेबाजी (जुवा) मा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू उपर जुवा ऐन अन्तर्गत कारवाहीको लागि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार